२० मंसिर, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जानकारी दिएको छ । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।





