२० मंसिर, सुदूरपश्मि । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभापति वीरबहादुर बलायरले शिष्टाचार, आदरभाव, आत्मीयता र सहिष्णुतालाई कायम गरेर कांग्रेस पार्टीलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
प्रथम सुदूरपश्चिम अधिवेशनबाट आज विजयी प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा उनले सबैले एकअर्का प्रतिको विश्वासलाई जितेर शिष्टाचार, सद्भाव, आत्मीयता र सहिष्णुतालाई कायम गरेर अगाडि बढे पार्टी अप्ठ्यारोमा नपर्ने बताए ।
उनले कुनै पनि कार्यकर्तालाई कांग्रेस भएको नाममा अपहेलित हुन नदिने उल्लेख गर्दै भने, “कांग्रेस भएकै कारण अब कोही अपहेलित हुनुपर्दैन, त्यसैले पार्टीका लागि निर्धक्क भएर अगाडि बढ्नुहोस् ।”