२१ मंसिर, काठमाडौं । सर्वसम्मत नेतृत्व चयनमा सहमती जुटाउन कांग्रेसको संस्थापन ईतर पक्षको बैठक आज फेरी बस्दै छ । बैठकमा केन्द्रीय सदस्यपनि उपस्थित हुनेछन् । महाधिवेशनको मिति संघारमा आईसक्दा रामचन्द्र पौडेल समुहबाट उम्मेदवारकै टुंगो लाग्न सकेको छैन ।
आगामी १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन उक्त पक्षको बैठक अहिले केहिबेरमा सुरु हुँदै छ । सोमबार साँझ भएको छलफल निस्कर्शमा नपुगेपछि आज पुनः छलफल हुन लागिएको हो ।
बैठकमा पौडेल पक्षका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला नेता सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा पुगेका छन् । पौडेल पक्षमा चारजनाले सभापतिको उम्मेदवारमा दाबी गरेपछि सहमती जुटाउन कठिन भएको छ ।





