राजनीति

काँग्रेसले कसैका एजेन्डा बोक्ने होईन, आफ्ना एजेन्डा नछोडे पुग्छः वरिष्ठ नेता पौडेल

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अरुका एजेण्डा बोक्न नपर्ने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै वरिष्ठ नेता पौडेलले अरुका एजेण्डा बोक्न नपर्ने भन्दै पार्टीले आफ्ना एजेण्डा पनि छाड्न नहुनेमा जोड दिएका छन् ।

त्यस्तै पार्टीभित्र सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुती तन्नेरी कांग्रेसको निश्छल चरित्र हुनुपर्ने समेत वरिष्ठ नेता पौडेलले बताएका छन् । उनले फेसबुकमा लेखेका छन्ः ‘कांग्रेसले कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन ‘सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी कांगेसको निश्छल चरित्र हुनुपर्छ ।