राजनीति

कमल थापाले तनाव लिँदै भनेः म धर्मसंकटमा परेको छु

२१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व अध्यक्ष कमल थापा पुर्व राजाप्रति खनिएका छन् । भर्खरै सम्पन्न चुनावमा राजेन्द्र लिङदेनसंग पराजित भएका थापाले आफुहरुको पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पुर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षप भएको प्रमाण आफुसंग भएको दाबी गरेका छन् ।

आज बिज्ञप्ति जारी गर्दै थापाले विगतदेखी नै राप्रपामा निर्मल निवासले हस्थतक्षप गर्दै आएको भन्दै अब राप्रपालाई भजनिमण्डल हुन नदिने बताएका छन् । राजावादीहरू भएको पार्टी मै राजाको ठाडो हस्तक्षेप भएको भन्दै थापाले राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा पनि राजाको हस्तक्षेप हुनसक्ने आशंका गरेका छन् ।

साथै यसबाट आफू धर्मसंकटमा परेको पनि उनले बताएका छन् । राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस थप शुरू हुने पनि थापाले बताएका छन् ।