राजनीति

बारलाई एमाले अध्यक्ष ओलीको जवाफः क्यान्सरको उपचार कुखुरा मन्साएर हुँदैन

२१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बाेच्चको विवादलाई क्यान्सर रोगको संज्ञा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलिन कानुन व्यवसायीसंगको भेटमा ओलीले क्यान्सरको उपचार कुखुरा मन्सायर नहुने टिप्पणी गरेका हुन् ।

ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा वा महाअभियोगबाट न्यायालय सुधार नहुने समेत बताएका छन् । ओलीले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा वा महाभियोग लगाएर हटाउँदैमा न्यायालय सच्याउने सुरुवात नहुने पनि बताएका छन् । उनले आफू प्रधानमन्त्री भएको बेला अदालतका लागि ५६ हजार पल्ट हस्ताक्षर गरेको बताएका छन् ।

उनले न्यायालयमा तत्कालै सच्चिएर अघि बढ्ने अवस्था नरहेको भन्दै कानुन व्यवसायी पनि सच्चिनुपर्ने अवस्थामा रहेको बताएका छन् ।