बाग्मती

टंकप्रसाद भारत र चीन दुबैलाई बराबरी रुपमा हेर्ने राजनीतिज्ञ हुनुहुन्थ्योः प्रा डा मानन्धर

२१ मंसिर, काठमाडौं । त्रिभुवन विश्व विद्यालय वैदेशिक सम्बन्ध तथा कुटनीति विभाग र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा “नेपालको वैदेशिक नीति र टंकप्रसाद आचार्य” विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा बौद्ध विश्व विद्यालयका पूर्व उपकुलपति एव त्रिविविका वूर्व डीन एबम् इतिहासकार प्रा डा त्रिरत्न मानन्धर, प्रा डा राजकुमार पोखरेल , डा लिला न्याछे , प्रा डा खड्ग के सी लगायतले आचार्यले शुरु गर्नु भएको पञ्चशीलमा आधारित परराष्ट्र नीतिले मुलकलाई पुगेको योगदानको चर्चा गरेका छन् ।
त्रिभुवन विश्व विद्यालयको वैदेशिक सम्बन्ध तथा कुटनीति विभागका प्रमुख डा प्रेम खनालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिका प्रेश विज्ञ तथा प्रतिष्ठानका सल्लाहाकार टीका ढकालले टंक प्रसाद आचार्यले तत्कालीन समयमा विभिन्न मुलुकसँग दौत्य सम्बन्ध राख्न गरेको साहस र संयुक्त राष्ट्रसंघमा पहिलो पटक आफ्नो प्रस्तुति राख्न सफल हुनु ठूलो उपलब्धी भनेका छन् ।
पमुख वक्ताका रुपमा प्राध्यापक डा त्रिरत्न मानन्धरले टंक प्रसाद आचार्यले नेपालको शासन पद्धति, परराष्ट्र नीति, वित्तिय सुशासन, आवधिक योजनाको शुरुवातलगायतका कार्यको योगदानले नेपाल एक स्वतन्त्र मुलुक भएको कुरा पुष्ट्याइ गर्न मद्दत मिलेको हो भन्ने कुरा व्यक्त गरेका छन् । प्रा डा मानन्धरले टंकप्रसाद आचार्य भारत वा चीन कतैतिर पनि ढल्केको भन्ने लागेको आरोप गलत भएको भन्दै छिमेकीलाई टंकप्रसादले समान रुपमा हेरेको दाबी गरेका छन् ।
्त्रिभूवन बिश्वबिद्यालयको कुटनीतिक बिभागको सेमिनर हलमा स्नातकोत्तरका बिद्याथीहरुको बाक्लो उपस्थितिमा आयोजीत कार्यक
ममा टंकप्रसाद र कुटनीकि बिषयमा छलफल गरिएको थियो।