२१ मंसिर, काठमाडौं । काठमाण्डौं, नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रा. लि.बीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा फोकसवान पेमेन्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता सँगै फोकसवान पेमेन्ट सोलुसन्स, नेशनल पेमेन्ट स्वीचमाजोडिने पहिलो भुक्तानी सेवाप्रदायक बनेको छ । नेशनल पेमेन्ट स्वीचअन्तर्गत पहिलो चरणमा उपलब्धहुने विभिन्न सेवातथाउपकरण्हरु फोकसवान आफूले प्रयोग गर्नुका साथै अन्य विभिन्न बैंक वित्तिय संस्थालाई पनिउपलब्ध गराउने छ ।
नेपाल सरकारको बजेट तथा मौदि«क नीतीमा समेत उल्लेख भए बमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी एनसीएचएललाई नेपाल राष्ट्र बैक द्धारापहिलो चरण कार्यान्वयनको लागि अन्तिम स्वीकृति प्राप्त भइसकेको तथा एनसीएचएले पहिलो चरणसंग सम्बन्धित कार्यहरु पूरा गरी संचालनको तयारीमा रहेको छ। यसै क्रममानेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागी एनसीएचएलले विभिन्नबैंक/वित्तिय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरुसँग आवश्यक सहकार्यता गरिरहेको छ ।
नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता लगायतका भुक्तानी उपकरणहरु उपलब्धहुने छन् ।उक्त स्वीचरिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रहीविभिन्न रियल टाइम, नन–रियल टाइम तथाओपन एपिआइकामार्फत बैंक वित्तिय संस्थातथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्यथप सेवा पनि प्रदानगर्न सक्नेछन् ।
त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ । नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन सँगै एनसी एचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालाहरु सँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थप सहज, सुलभ र सुरक्षित बनाउने अपेक्षा गरेको छ ।
फोकसवान पेमेन्ट सोलुसन्स प्रा. लि. नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाईसेन्स प्राप्त संस्था हो । स्थापनाकाल देखि नै फोकसवानले आफ्ना ग्राहकहरुका निम्ती सुरक्षित रुपमा कारोवार गर्नको लागी विभिन्न डिजिटल सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्नका लागि फोकसवानले राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरु सँग समन्वय गर्दै आएको छ ।
थप जानकारीका लागि www.nchl.com.np मा हेर्न कम्पनीले आग्रह गरेको छ ।