राजनीति

बुढानीलकण्ठ बैठकमा नबोलाएकोमा निधि भन्छन्ः देउवाले मलाई आउट गर्नुभो

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफुपक्षबाट सभापति चयनका लागि बोलाएको छलफल अहिले उनको  निवास बुढानिलकण्ठमा जारी छ ।

तर उपसभापति बिमलेन्द्र निधि भने बैठकमा सहभागि भएका छैनन् । उनले संस्थापन पक्षको बैठकमा आफुलाई नबोलाउनु स्वभाविक भएको बताएका छन् ।

१४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेर संम्पर्क कार्यालय खोलेसंगै देउवा र निधिबिच दुरी बढेको छ । उपसभापति निधिले संस्थापन पक्षले आफूलाई ‘आउट गरेको’ समेत बताएका छन् ।

निधिले अगाडी भनेः संस्थापन पक्षबाट देउवाले मेरो नाम काटिसक्नु भएको छ, म घरमै छु, बूढानीलकण्ठ बैठकमा गएको छैन,’ म आफ्नै तयारीमा छु ।