राजनीति

विना निस्कर्ष टुंगियो पौडेल पक्षको बैठकः अपरान्ह चाक्सीबारीमा फेरि जुट्ने

२२ मंसिर, काठमाडौं । सर्वसम्मत नेतृत्व चयनका लागि बत्तिसपुतलिमा बसेको रामचन्द्र पौडेल पक्षको बैठक विना निष्कर्श टुंगिएको छ । उक्त छलफलमा पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापति सहभागी भएका थिए ।

बैठकमा पौडेलले सहमतिका लागि आफू सभापतिमा दाबी छोड्न तयार रहेको समेत बताएका थिए । कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन उक्त समूहलाई कठिन छ । नेता चन्द्र भण्डारीका अनुसार पौडेल समूहमा सभापतिको आकांक्षी ४ बाट २ जनामा झरेको छ  ।

साथै बत्तीसपुतली छलफलमा सहभागी नेता\कार्यकर्ताले मतदान गर्दा झन् समूहहरू बन्ने भएकाले नेताहरूले छलफल गरेर उम्मेदवार टुंग्याउनु पर्ने सुझाव दिएका छन् । सोही सुझावअनुसार आज अपरान्ह तीन बजे प्रकाशमान सिंहको चाक्सीबारी निवासमा पौडेल समूहका केन्द्रीय सदस्य र सभापतिका आकांक्षीहरूबीच फेरी छलफल हुँदैछ ।

बत्तिसपुतलि बैठकमा जिल्ला र प्रदेशका नेताहरूले सभापतिका आकांक्षी नेताहरूलाई मिलेर जान सुझाव दिएका छन् । उनीहरूले सभापतिका आकांक्षी नेताहरूले आफूहरूलाई विभाजित गर्न खोजेको समेत आरोप लगाएकाका थिए ।