अन्तर्राष्ट्रिय

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

२२ मङ्सिर एएफपी । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचन भएका छन् । वर्तमान अर्थ मन्त्री समेत रहनु भएका ओलाफलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनि निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधीकारी ओलाफको उदय भएको छ ।

अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी)सँग गठवन्धन गरेकाले उनि चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो । विदा हुन लाग्नु भएकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बनेका थिए ।

त्यसपछि उनि सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेका हुन् । झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले विदा लिन लागेका छन् । चान्सलर हुँदा उहाँ सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएका थिए ।