राजनीति

उम्मेदवारको विकल्प सुल्झाउन पौडेल पक्षका केन्द्रीय सदस्य छलफलमा

२३ मंसिर, काठमाडौं । उम्मेदवारको विकल्प सुल्झाउन पौडेल पक्षका केन्द्रीय सदस्यहरु छलफलमा जुटेका छन् । केहीदिन यता सर्वसम्मत नेतृत्व चयनका लागि पौडेल पक्षको दैनिकजसो बैठक हुने गरेपनि सहमती जुट्न सकेको छैन । प्रकाशमान सिंह र डा शेखर कोईरालाले दाबी नछाडेपनि विवाद लम्बिदै गएको छ ।

पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुटल्याण्डमा जारी छ । केन्द्रीय सदस्यहरुको छलफलपछि सभापति पदका आकांक्षीहरुसँग संयुक्त छलफल गर्ने तयारी रहेको छ । नेपाली कांग्रेसको महाधिवेशन आउन केही घण्टा मात्रै बाँकी छ तर पौडेल पक्षले सभापतिका लागी उम्मेदवारीको टुंगो लगाउन सकेको छैन ।

देउवा पक्षबाट भने सभापतिका लागि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको उम्मेदवार टुंगो लागिसकेको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखी सुरु हुँदैछ ।