राजनीति

रामचन्द्रलाई शेखरले भनेः तपाई सबैको साझा उम्मेदवार भए म छाड्छु

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका आकांक्षी शेखर कोईरालाले आफ्नो सर्मथन रामचन्द्र पौडेललाई हुने बताएका छन् । आज बिहान पौडेल निवासमा पुगेर कोईरालाले पौडेल सबैको साझा उम्मेदवार भए आफुले दाबी छाड्ने बताएका हुन् ।

साथै नेता प्रकाशमान सिंहले सभापतिको दाबेदारी नछाडेमा आफुलाई सघाउन शेखरले रामचन्द्रलाई आग्रह समेत गरेका छन् । यद्यपी आज बिहान एक कार्यक्रममा बोल्दै सभापतिका आकांक्षी प्रकाशमान सिंहले सभापतिको उम्मेदवार आफुले नछाड्ने बताएका थिए ।

यसअघि मंगलबार पौडेल र महामन्त्री शशांक कोइरालाले आकांक्षीद्वय प्रकाशमान र शेखर एक भएर आएमा आफूहरूले छाडिदिने बताएका थिए ।