२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट ‘आउट’ भएका छन् । देउवाले आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार नबनाए पनि शर्माले महामन्त्रीमै उम्मेदवारी दिने बताएका छन् ।
शर्माले आफू संस्थापन पक्षको टिममा नपरेको स्वीकार गरेका छन् । तर, आफ्नो उम्मेदवारी महामन्त्रीमा हुने उनले बताएका छन् । उनले आफ्नो टिमका बारेमा भने अझै निर्णय नभएको बताएका छन् ।





