राजनीति

देउवाले दिएको अफर अस्वीकार गर्दै डा.शशांकले भनेः केन्द्रीय सदस्यमै लड्छु

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।

उनका सहयोगी भरत तिवारीका अनुसार सभापति देउवाले उपसभापतिमा शशांकलाई राखेर चुनाव जान प्रस्ताव गरेका थिए । तर शशांकले अस्वीकार गरेको उनले बताएका छन् ।

सभापति देउवाले शशांकलाई मनाउन आफूनिकट नेताहरूलाई पठाएका थिए । सहयोगी तिवारीका अनुसार महामन्त्री शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

यसअघि सभापतिका आकांक्षी रहेका शशांकले सहमतिका लागि भन्दै आफ्नो दाबी छाडेका थिए ।