राजनीति

गगन थापा र मिनेन्द्र रिजालद्वारा शेखरको टीमबाट महामन्त्रीको उम्मेद्वारी

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका दुई नेता गगन थापा र मिनेन्द्र रिजालले शेखर कोईरालाको टीमबाट महामन्त्रीको उम्मेद्वारी दिने भएका छन् । आज शेखर पक्षको बैठकले थापा र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यो संगै काँग्रेसको सभापतिको उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टीमबाट चुनाव लड्ने दुई उम्मेदवारको टुंगो लगाएका हुन् ।

उनको टीमबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार हुने टुंगो लागेको हो । कोइरालालगायतका टीमका नेताहरुले केहीबेरमा उम्मेदारी दर्ता गराउनका लागि भृकुटीमण्डप जाने कार्यक्रम रहेको छ ।