२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
शेरबहादुर देउवाको नेतृत्वमा पार्टीभित्रको लोकतन्त्र कमजोर बनेकाले आफूले उम्मेदवारी दिन लागेको उनले बताएका छन् । १३औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएदेखि १४औं महाधिवेशन समयमा गर्न नसकेको लगायतका कुराहरुले देउवा असफल भएको पुष्टि गरेको उनको दाबी छ ।





