अन्तर्राष्ट्रिय

लासिना जेर्बो बुर्किना फासोको नयाँ प्रधानमन्त्रीमा नियुक्त

२५ मंसिर, एजेन्सी । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले शुक्रबार साँझ जारी गरेको आदेश अनुसार लासिना जेर्बोलाई देशको नयाँ प्रधानमन्त्रीमा चयन गरेका छन् । राष्ट्रपति काबोरेले हस्ताक्षर गरेको आदेश अनुसार ूलासिना जेर्बोलाई प्रधानमन्त्री नियुक्त गरिएको छ ।

जेर्बो कम्प्रिहेन्सिभ न्यूक्लियर-टेस्ट-ब्यान ट्रीटी अर्गनाइजेसनका कार्यकारी सचिव थिए र यसअघि संगठनको इन्टरनेशनल डाटा सेन्टरका निर्देशकका रूपमा काम गरिसकेका छन् । उनले बुधबार बर्खास्त गरिएका क्रिस्टोफ जोसेफ मारी डाबिरेको स्थान लिनेछन् ।