राजनीति

दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा हुन्छः मैले नै जित्छुः शेखर कोईराला

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन आफुले नै जित्ने दाबी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिष्पर्धा गर्ने दोहोर्याएका हुन् ।

कोइरालाले प्रतिनिधिहरुलाई अन्तरआत्माको आवाजले भोट दिन अनुरोध गरेका छन् । आज बिहान भएको मतगणनामा कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । साथै उनले केही महाधिवेशन प्रतिनिधिहरूले अशोभनीय व्यवहार देखाएको बताएका छन् ।

आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री एवं सभापति पदका अर्का उमेदवार शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएपछि उनले यस्तो बताएका हुन् ।