राजनीति

देउवाले पाए निधिको पनि समर्थन

२८ मंसिर, काठमाडौं । नेपाी कांग्रेस सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई विमलेन्द्र निधिको पनि समर्थन मिल्ने भएको छ । यसअघि सभापतिका अर्का उम्मेद्वार प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेका थिए ।

बानेश्वर स्थित आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।