आर्थिक

लक्ष्मी बैंक पिक्याफमा समावेश

२८ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले दिगो वातावरणप्रती को प्रतिवद्वतालाई निरन्तरता दिने क्रममा पछिल्लॊ कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स  (PCAF) मा सामेल भएको छ ।

PCAF हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयॊग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबिचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभ ले पनि PCAF को विधिलाई वित्तिय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।

लक्ष्मी बैंकले PCAF मा सामेल भई नेट-शुन्य भविष्यतर्फ अग्रसर हुँदैं COP26 मा नेपालको राष्टृय प्रतिबद्वतालाई समेत सहयॊग पुग्नेछ । यस साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनके माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्बिम्वित गरेकॊ छ।

हाम्रो व्यवसायबाट हुने वित्तिय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, “PCAF दिगो पर्यावरणको संरक्षणका लागि बैंककॊ ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको छ, । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौं ।