बाग्मती

बागमतीका मुख्यमन्त्रीले माओवादी र नेकपा एसका नेतालाई समेटेर मन्त्रीपरिषद विस्तार गर्दै

२८ मंसिर, काठमाडौं । बागमती प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुन्दैछ । प्रदेशका मुख्यमन्त्रीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेताहरुलाई समेटेर मन्त्रीपरिषद विस्तार गर्दैछन् ।

माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने मन्त्री शालिकराम जमकटेलले बताएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्ने नेतृ मुनु सिग्देलले जानकारी दिएकी छिन् । कांग्रेसले भने मन्त्रीपरिषदमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छैन ।