२८ मंसिर, काठमाडौं । आज सेयर बजार खुलेको दुई घण्टा नपुग्दै ५ प्रतिशतले वृद्धि भएपछि नेपाल स्टक एक्स्चेन्जले सकारात्मक सर्किट ब्रेक लगाएको छ । अब बजार ४० मिनेट स्थगित हुनेछ । मंगलबार बजार १२ बजेर ३८ मिनेट जाँदा ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेर २३९५.९३ विन्दुमा पुगेको हो ।





