राजनीति

गगनको अपिलः नेतृत्व परिवर्तन अपरिहार्य छ, अन्तरमनको आवाज सुनेर शेखरलाई जिताऔं

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेद्वार गगन कुरमार थापाले नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् । संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएको बेतिथि अन्त्य गर्न र पार्टीलाई बिधि स्थीतिमा बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।

सभापतिका उम्मेद्वार शेखर कोईराला समहुमा रहेका थापाले इतिहासको आव्ह्वान र अन्तरमनको आवाज सुनेर पार्टी रुपान्तरणको पक्षमा उभिन र डा.शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन अपील गरेका हुन् ।

सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच पुन प्रतिस्पर्धा हुने भएपछि गगन थापाले पुनः यस्तो अपिल जारी गरेका हुन् । हामीले धेरै अलमल गर्ने समय छैन तत्काल निर्णय लिनुपर्ने बेला आएकोृ छ, आफ्नो अन्तर मनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ गगनले जारी गरेको अपिलपत्रमा उल्लेख छ ।

नेता थापाले आजको गलत निर्णयले ४ बर्ष मात्र नभई लामो समयसम्म पछुताउनुपर्ने बताएका छन् । आजको गल्तिले आगामी पुस्ताले पछुताउनुपर्ने भन्दै त्यो गल्ति गर्ने छुट कसैलाई नभएको समेत बताएका छन् ।