१ पुष, काठमाडौं । नेकपा (एमाले) का नेता डा.भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अबरोधको औचित्यमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त डा.रावलले संसद अबरोध एमसीसी पास गराउने खेल त होईन ? भन्दै प्रश्न गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफुले कारबाही गरेका सांसदलाई बैठकमा उस्थित गराईएको भन्दै निरन्तर संसद अबरोध गर्दै आएपछि डा रावलले आफ्नै पार्टीमाथि यस्तो प्रश्न उठाएका हुन् ।
गत मंसिर २८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि एमालेले वेल घेराउ गरेर विरोध गरेपछि संसदको बैठक पुस ६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
सरकारका काम कारबाही गर्न नदिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अौचित्य के हो भन्दै कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसी संग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन भन्ने प्रश्न गरेका छन् । डा. रावलले यदि यस्तो गरियो भने राष्ट्रघात ठहर्ने समेत बताएका छन् ।