१ पौष, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता यथावत् अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुनेछ भनेका छन् ।
उनले सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यान्वयन सम्झौता र जग्गा अधिग्रहण समेतका काम गर्ने, गराउनेबारे संसदीय छानबिन समिति गठन गरी संसदको विशेष अधिकार र कानुन उल्लङ्घन गर्नेहरूलाई कारवाई गर्नुपर्छ भनेका छन् ।
उनको स्टाटस्ः एमसीसी सम्झौता यथावत् अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुनेछ । सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यान्वयन सम्झौता र जग्गा अधिग्रहण समेतका काम गर्ने, गराउनेबारे संसदीय छानबिन समिति गठन गरी संसदको विशेष अधिकार र कानुन उल्लङ्घन गर्नेहरूलाई कारवाई गर्नुपर्छ।