समाचार

देउवा र दाहालबीच भेटवार्ताः क्रिकेट खेलाडी कारबाहीबारे देउवाको ध्यानाकर्षण

२ पुस, काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

भेटमा सभापतिमा विजयी शेरबहादुर देउवालाई शुभकाकमना दिँदै क्रिकेट खेलाडीलाई गरिएको कारबाहीप्रति दाहालले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण समेत गराएका छन् ।

साथै भेटमा दाहालले सदन सुचारु गर्ने लगाएतका समसामयिक राष्टिय मुद्धामा सर्वदलीय बैठक बोलाउने बिषयमा समेत छलफल गएको दाहालको सचिवालयले जानकारी दिएको छ ।