२ पुस, काठमाडौं । उद्योगी तथा व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । भने उपप्रमुखमा व्यवसायी दुर्गा प्रसाईंलाई राखिएको छ ।
पार्टीको केन्द्रीय कमिटी बैठकबाट दुगड र प्रसाईंले सो जिम्मेवारी पाएका हुन् । दुगड एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार थिए भने उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनिसकेका छन् ।
बैठकमा ३०१ जना पदाधिकारीसहितका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्ताव उपमहासचिव विष्णु रिमालले प्रस्तुत गरेका थिए ।
कार्यविभाजनका सन्दर्भमा प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखी कार्यविभाजन गर्ने र मनोनीत सदस्यहरूलाई समेत कार्यविभाजनमा समावेश गर्ने गरी प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटी बैठकले पारित गरेको हो ।





