२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट किशोरसिंह राठौर सहमहामन्त्री निर्वाचित भएका छन् । आज सकिएको मतगणनामा खस\आर्यतर्फको सहमहामन्त्रीमा राठौरले देवराज चालिसेलाई पराजित गरेका हुन् । सभापति शेरबहादुर देउवा समूहका राठौरले २५७६ मत पाउँदा शेखर कोइराला समूहका चालिसेले २०५९ मत पाएका छन् ।
अब थारू, मधेसी र पिछडिएको क्षेत्रतर्फको मतपरिणाम आउन बाँकी छ । यसअघि मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन् । सभापति देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् ।
मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाएका थिए । कांग्रेसका आठ सहमहामन्त्रीमध्ये बिहीबार ३ क्लस्टरका सहमहामन्त्रीको टुंगो लागेको थियो । दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी\जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।





