मनोरञ्जन

पल र स्वस्तिमा अभिनित दिलको हरन सार्वजनिक (भिडियो)

३ पुस, काठमाडौं । युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको प्रेमिल शैलीको नयाँ गीत दिलको हरनुको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो ए प्लस नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

चर्चित गायिका मेलिना राई र प्रतिभावान गायक हरि लिम्बुको युगल गायनमा रहेको यस गीतमा शब्द बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको रहेको छ । चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलले संगीतवद्द गरेको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा पल शाह र स्वस्तिमा खड्का फिचर्ड छन्।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई चर्चित भिडियो निर्देशक गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो । भिडियो सुनेर हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ ।