अन्तर्राष्ट्रिय

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन

३ पुस सिन्ह्वा । चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो ।

उनि सन् २०१३ देखि देशको सवैभन्दा जेष्ठ नागरिक घोषित भएकी थिईन । निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनि सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्दथिन्” उनका एक आफन्तले भने । उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।