४ पुस, काठमाडौं । शहरी विकाश मन्त्री रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्रीमा विजयी भएका महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई शुभकामना दिएकी छिन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेकपा एकिकृत समाजवादीकी नेतृ समेत रहेकी झाँक्रीले शुभकामना दिँदै गगन र विश्व प्रकाशको जित राजनीतिमा पुस्तान्तरणको लागि जबरजस्त दबाब भएको बताएकी छिन् ।
महामन्त्री द्वयलाई ढिलोगरि बधाई दिएकी मन्त्री झाँक्रीले यसको सन्देश मुलुक, समाज र राष्ट्र सबैको दायित्व अब युवाहरूले बोक्नुपर्छ भन्ने भएको समेत बताएकी छिन् । साथै सबैको लागि अबसर र चुनौति दुबै भएको समेत मन्त्ती झाँक्रीको भनाई छ ।