सामाजिक सञ्जाल

बिदेशी गुहारेर, सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्कंदैनः कमल थापा

४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व अध्यक्ष कमल थापाले बिदेशीलाई गुहारेर र सडकमा अस्थिरता खडागरेर राजसंस्था नफर्कने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त थापाले राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुनः स्थापनाको एकमात्र बाटो भएको भन्दै बिदेशी गुहारेर र सडकमा अस्थिरता खडागरेर राजसंस्था नफर्कने बताएका हुन् ।

बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था नफर्कने उनको भनाई छ । राप्रपा महाधिवेशनमा आफूविरुद्ध पूर्वराजा ज्ञानेन्द्रसहित निर्मल निवासबाट अवाञ्छित गतिविधि भएको भन्दै छानबिनको माग गरिरहेका थापाले दलको आन्तरिक मामिलामा राजसंस्थाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

थापाले अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक रहेको समेत बताएका छन् ।