५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै गएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै गएको भन्दै एमसीसी विवाद त्यसको पछिल्लो उदाहरण भएको बताएका छन् ।
थापाले शितयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश बिकास गर्ने राजा महेन्द्रको कुटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिक्नुपर्नेमा समेत जोड दिएका छन् ।