५ पुस, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी सुदीप गिरीका अनुसार केहीबेर अघि मात्रै आगलागी भएको जानकारी आएकोले प्रहरी खटिएको छ । आगलागी नियन्त्रणका लागि दमकल पुगिसकेको छ ।
आगलागीपछि माइतीघर–बानेश्वर चल्न सडक अवरुद्ध भएको छ । आगलागी के कारणले लागेको भन्ने एकीन भइसकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।





