५ पुस काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २२० जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ४ हजार १४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । २ हजार ७२५ जनाको पिसिआर परीक्षण र १४१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ५ हजार २२५ जना सक्रिय संक्रमित छन् ।
साथै पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमीत निको समेत भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट आज थप १ को मृत्यु भएको छ ।





