समाचार

सर्बाेच्च परिसरमा आन्दोलन नगर्न कानुन व्यवसायीलाई सर्बाेच्च प्रशासनको चेतावनी

६ पुस, काठमडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित कानुन व्यवसायीलाई सर्बाेच्च परिसरमा आन्दोलन नगर्न सर्बाेच्च प्रशासनले चेतावनी दिएको छ ।

सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भनेको भन्दै मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेको नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको श्रेष्ठले बताएका छन् । सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने उनले बताए ।

आवश्यकताअनुसार आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने पनि उनले बताएका छन् । सर्वोच्च प्रशासनले पहिले पनि प्रहरी प्रशासन लगाएर आन्दोलन दबाउन खोजेको उनको भनाइ छ । सर्वोच्च अदालतमा झन्डै दुई महिनादेखि गतिरोध जारी रहेको छ ।