सामाजिक सञ्जाल

दलित युवाको ज्यान नजाओस्, सबैले खबरदारी गरौंः डा.भट्टराई

६ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले हुम्लामा अन्तरवातीय विवाह गरेका एक युवक वेपत्ता भएको घटनाप्रति धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले फेरी अर्को दलित युवाको ज्यान नजाओस् भन्दै सबैले खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् । अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अन्तरजातीय विवाह गरेकै कारण पुनः हुम्लाका चन्द्र ९ नामको पछाडि अपमानसूचक एकार लगाएर दलित,गरीब र कमजोरलाई हेप्ने कुसंस्कार अन्त्य गर्नुपर्ने बताएका छन् ।

साथै उनले दलित युवक वेपत्ता पारिएको एक हप्ता भैसक्दा पनि राज्यले सत्यतथ्य पत्ता लगाउन नसक्नु खेदजनक रहेका जनाएक छन् ।