६ पुस सिन्ह्वा । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छिन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ नयाँ राष्ट्रिपति निर्वाचित भएको जनाएको हो ।
होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ ।
सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१।१२ मत प्राप्त गरेकी थिईन । उनि होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनि होन्डेरसको पहिलो महिला राष्ट्रपति हुन् ।





