६ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपालबार एसोसिएसनले दलहरु मुकदर्शक भएको बसेको भन्दै आपत्ति जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले दलहरु मुकदर्शक भएर बस्न नहुने भन्दै जबराको बर्हिगमनका बारेमा तत्काल निर्णय गर्नुपर्ने बताएका छन् ।
नेपाल बारले जबराको बर्हिगमनको लागि १७ बुँदा प्रधानमन्त्री, प्रतिपक्षीदल देखी सम्पुर्ण राजीनितिक दलहरुलाई बुझाएको भन्दै जबराको बर्हिगमनबारे दलहरुले छिटो निर्णय लिनुपर्ने बताएका छन् ।
सर्बाेच्च अदालतमा आयोजित बिरोध कार्यक्रममा अध्यक्ष श्रेष्ठले न्यायालयमा अहिले भईरहेको बिबादमा राजनीतिक दलहरु मुकदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।
भ्रष्टाचारमुक्त न्यायपालीका बनाउन सम्पुर्ण राजनीतिक दलहरुले पहल गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड छ । प्रधानन्यायाधीशले आफू नाङ्गिएको कुरा स्वीकार गरिसकेको भन्दै उनले न्यायपालिकालाई नांगिन नदिन जबराले तत्काल राजीनामा दिनुपर्ने बताए ।





