पु.समाचार

आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढ्न एमालेलाई सभामुखको आग्रह

६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटाले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढ्न एमालेलाई आग्रह गरेका छन् । आफुले कारबाही गरेका सांसदलाई उपस्थित गराएसम्म संसद चल्न नदिने भन्दै पटक–पटक संसद अबरोध गर्दै आएको एमालेलाई सभामुखले यस्तो आग्रह गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले आजपनि नारावाजी गर्दै संसद अबरोध गरेपछि भोली बस्ने गरी स्थगित गरिएको छ । सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्धाको न्याय निरुपणमा प्रतिकुल असर पर्ने गरि एमालेले संसद अबरुद्ध गरेको समेत बताएका छन् ।

भामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दाका विषयमा संसद्‍मा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत गराएका छन् । राष्ट्रहितका कैयौं विषयमा आवश्यक निर्णय गरेर अघि बढाउनुपर्ने संसद्‍ अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रिया विपरीत काम गरिरहेको सभामुख सापकोटाको भनाई छ ।

साथै सभामुखले राष्ट्रका धेरै जल्दाबल्दा विषयमा पनि सदनमा छलफल गर्नुपर्ने भएकाले त्यसलाई विशेष रुपमा मनन गरेर बैठक सुचारु गर्नका लागि सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका थिए ।