७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफू बिजयी भएकोमा आफ्नो जिम्मेवारी बढेको आफूलाई महशुश भएको बताएका छन् । नेबिसंघका पुर्व अध्यक्षसमेत रहेका नेता गुरुङले भनेका छन्, ‘नेपाली कांग्रेस उपसभापतिमा निर्वाचित हुनुलाई मैले जित भन्दा जिम्मेवारी ठानेको छु ।’
उपसभापति गुरुङले थपेका छन्, ‘जिम्मेवारी पुरा गर्न यहाँहरुको शुभकामना, सुभेच्छा, सुझाव र सहयोग आवश्यक छ तर खादारमाला होइन। तसर्थ खादारमाला ल्याउने कष्ट नगर्नु होला’
उपसभापति गुरुङको ट्वीटः
प्रिय साथीहरू !
जय नेपाल।
नेपाली कांग्रेस उपसभापतिमा निर्वाचित हुनुलाई मैले जित भन्दा जिम्मेवारी ठानेको छु।
जिम्मेवारी पुरा गर्न यहाँहरुको शुभकामना, सुभेच्छा, सुझाव र सहयोग आवश्यक छ तर खादारमाला होइन। तसर्थ खादा/माला ल्याउने कष्ट नगर्नु होला। धन्यवाद।