७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले हल्लाको पछि नलागि एमसीसी पास गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले एमसीसीबारे फिजाईएको हल्लाको पछि नलागि तथ्यको आधारमा एमसीसी पास गर्नुेपर्ने बताएका हुन् ।
देश कंगाल पार्दै छोराछोरी विदेश लखेटेर नभई छिटो देश समृद्ध पारेर र युवाहरू देशमै राखेर आफ्नो र देशको सम्मान र सुरक्षा हुन्छ भन्ने बुझ्नु पर्ने उनको भनाई छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले एमसीसी परियोजनाको बारेमा स्पष्ट पार्दै यो परियोजना कार्यान्वयन सम्झौता भएको तर शान्ति\सुरक्षा र सीमा सम्झौता नभएको जिकिर गरेका छन् । यो ऋण नभई अनुदान रकम भएकाले तिर्न नपर्ने भन्दै नेपालको कानूनभन्दा माथि यो नहुने समेत बताएका छन् ।
डा.भट्टराईले एमसीसीबारे कुनै विवाद भए अन्तर्राष्ट्रिय कानून अनुसार हुने भन्दै विदेशी सेना नआउने भन्दै चित्त नबुझे ३० दिनको सूचना दिएर यो खारेज गर्न सकिने समेत बताएका छन् । एमसीसी पास गर्नुपर्नेमा जोड दिँदै आएका डा.भट्टराईले एमसीसी वारे २० औं शताब्दीको शितयुद्धकालीन जमेको दिमागले नभई २१ औं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालीन खुला दिमागले सोच्नुपर्नेमा जोड दिएका छन् ।