७ पुस सिन्ह्वा । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच मंगलबार फोनवार्ता भएको समाचारमा जनाइएको छ । उनिहरुबीच मंगलबार फोनमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको हो । यसअघि पनि उनिहरुबीच गत हप्तामात्र कुराकानी भएको थियो ।
मंगलबार भएको सो फोनवार्तामा खास गरी उनिहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ । त्यसक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोनसँग त्यहाँको विवाद समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएका थिए ।
कुराकानीमा युक्रेनबारे पनि छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाबारे पुटिनले म्याक्रोनलाई जानकारी गराएको क्रेमलिनले जानकारी दिएको छ । क्रेमलिनले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उनिहरुका बीचमा नेटोका विषयमा पनि कुराकानी भएको बताइएको छ ।
दुई देशका राष्ट्रप्रमुखबीच हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावबारे पनि कुराकानी भएको र उनिहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको जनाइएको छ ।





