७ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अबरोधकाबीच ४ अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा आजको बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले अर्काे बैठक पुस १८ गते बस्नेगरि स्थगित गरेका हुन् ।
आजको बैठकमा गृहमन्त्रीको तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो । ’नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन), २०७८’, ’तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’, ’समाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ’रेवले अध्यादेश,२०७८’ स्वीकृत भएको हो ।
बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्विकार भएको थियो ।





