राजनीति

राष्ट्रिय सहमति बिना एमसीसी अगाडी बढाउनु हुँदैन भन्नेमा माओवादी अडिक छः प्रवक्ता महरा

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति बिना एमसीसी पास हुँदैन भन्ने धारणामा पार्टी अडिक रहेको बताएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महाराले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीको धारणा परिमार्जन नगरि र राष्ट्रिय सहमती नगरी एमसीसी अगाडी बढाउन हुन्न भन्ने रहेको बताएका छन् ।

संसदमा एमसीुसी अनुमोदनको प्रयास भईरहेका बेला सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्र बिना परिमार्जन एमसीसी अगाडी बढाउन नहुने बताउदै आएको छ । साथै महाराले परिमार्जन नगरि एमसीसी अगाडी बढाउन हुन्न भन्ने पार्टीको धारणा रहेको भन्दै पार्टीको धारणा नफेरिएको बताएका छन् ।