स्वास्थ्य

नेपालमा थप एक जनामा भेटियो कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन

७ पुस, काठमाडौं । नेपालमा थप एकजनामा कोरोना भाईरस कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । नेपालमा ओमिक्रोन देखिएको यो तेस्रो केस हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले आजप्रेस ब्रिफिङका क्रममा नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिएकी छिन् ।

उनी अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइरहेको मन्त्रालयले जनाएको छ ।