पु.समाचार

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक पुस १० मा बस्दै

८ पुस, काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते बस्ने भएको छ । हालै सम्पन्न १४औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने तयारी भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

त्यसैगरी, शुक्रबार सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको समेत उनले जानकारी दिए । कांग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये महाधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री तथा १३४ सदस्य निर्वाचित भएका छन् ।

कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था विधानमा छ । त्यसैगरी थप ३३ जना केन्द्रीय सदस्य पनि कार्यसमितिले मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।