समाचार

२४ घण्टे कोरोना अपडेटः २९३ जना संक्रमीत, २६३ जना निको थप २ को मृत्यु

८ पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आज थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २९३ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

९ हजार ५१० जनाको पिसिआर परीक्षण र २११६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ५ हजार १६१ जना सक्रिय संक्रमित छन् । २६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसको संक्रमणबाट २ को मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा १४८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित छन् ।