सामाजिक सञ्जाल

संसदमा बोल्न नपाईने तर होहल्लाबीच कानुन परित गर्दा देश कमजोर हुँदै जान्छः डा.रावल

भीम रावल

९ पुस, काठमाडौं । नेकपा एमालेका नेता डा.भिम रावलले संसदमा जनसरोकारको विषयमा बोल्न नपाईने तर होहल्लाबीच कानुन परित गर्नु लोकतन्त्रको विरुद्ध हुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त डा.रावलले होहल्लाबीच कानुन परित गर्दा देश कमजोर हुँदै जाने समेत बताएका छन् ।

संसदमा राष्ट्रियता, जनसरोकार, अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुने उनको भनाई छ ।

रावलकै दल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर नारावाजी गर्दै अबरोध गर्दै आएको छ भने अर्काे तर्फ सरकारले होहल्लाकैबीच बिभिन्न कानुनहरु पारित गर्दै आएपछि डा.रावलको यस्तो धारणा सार्वजनिक भएको हो ।